Comments Add Comment

बार्सिलोनाले म्याथ्यु भित्र्याउँदा बोजान स्टोक लागे

७ साउन काठमाडौं । बार्सिलोनाले डिफेण्डर जेरेमी म्याथ्युलाई अनुवन्धन गरेको छ । भ्यालेन्सियाका ३० वर्षीय म्याथ्युले १६ मिलियन पाउण्डमा बार्सिलोना आएका हुन् ।

उनले चारवर्षे सम्झौता गरेका छन् । तत्कालीन कप्तान कार्लोस पुयोलले सन्यास लिएपछि बार्सिलाना डिफेण्डरको खोजीमा थियो । म्याथ्युले पहिलो रोजाइमा पर्न जरोर्ड पिके र वार्तासँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

बार्सिलोनाका फवार्ड बोजान भने इङ्ग्लिस क्लब स्टोक सिटी आएका छन् । उनी बार्सिलोना च्याम्पियन्स लिग जित्दा मेस्सीको टिममेट थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment