Comments Add Comment

हुम्लाका एमाओवादी नेता एमालेमा प्रवेश

७ साउन, काठमाडौ । एकीकृत माओवादी हुम्ला जिल्ला समितिका सचिवालय सदस्य चन्द्रबहादुर शाही एमाले प्रवेश गरेका छन् । शाहीलाई बुधवार काठमाडौँको नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा एमाले नेता माधवकुमार नेपालले टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

शाही विगत लामो समय एमाओवादीमा थिए । पार्टी प्रवेशसँगै शाहीले एमाओवादीले देश र जनताको हितको पक्षमा काम गर्न नसक्ने आरोप लगाए । उनले एमालेबाट मात्र साँचो क्रान्ति र बास्तविक परिवर्तन सम्भव भएको वताए ।

कार्यक्रममा नेपालले सही दृष्टिकोण सहित स-साना टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै जान सकेमा वामपन्थी आन्दोलन थप विश्वासिलो र प्रभावकारी हुने वताए । उनले बाटो विराएका र विभिन्न समूहमा रहेका अन्य बामपन्थी समूहहरुलाई समेत एमालेको मूलधारमा समाहित हुन आब्हान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment