Comments Add Comment

विर्य स्खलन कम गरेको भन्दै लोग्नेमाथि गोली प्रहार

लोग्ने स्वास्नीको झगडा पनि के-के मा हुन्छ हँ ? अमेरिकामा एक जना महिलाले सम्भोगका बेला आफ्नो लोग्नेले पर्याप्त विर्य स्खलन नगरेको र पर्याप्त सन्तुष्टी दिन नसकेको आरोपमा आफ्नैलोग्नेलाई गोली हानिन् ।
मिचिगनको साउथफिल्डकी ५८ वर्षकी सेडी बेलले आफ्नो लोग्ने इडवार्ड लीलाई पेटमै गोली हानेकी थिइन् र अहिले उनी जेलमा छिन् । उनीविरुद्धको मुद्दामा सुनुवाइ हुने क्रममा उनलाई १० हजार डलर धरौटीमा छाड्ने आदेश अदालतले दिएको छ ।

Women gun downs
अपि्रलमा अदालतसामु उपस्थित गराइएकी सेडी धरौटी रकम तिरेमा जेलमुक्त हुनेछिन् ।
समाचार अनुसार अदालतसामु ती महिलाले आफ्नो लोग्ने अरु नै केटीसँग पल्किएकाले आफुसँगको सम्भोगमा खासै रुची नदिने गरेको र सम्भोगका बेला लोग्नेले पर्याप्त स्खलन नगर्दा आफुले यौनसन्तुष्टी प्राप्त गर्नबाट वञ्चित हुने गरेको बताएकी थिइन् । अनुसन्धान अधिकारीहरु समक्ष उनले आफ्नो लोग्नेले कसरी आफुसँग सुस्त भएर सेक्स गथ्र्यो र सन्तुष्टि दिन सक्दैनथ्यो भन्ने कुरालाई उदाहरण सहित प्रस्तुत गरेकी थिइन् । लोग्नेको त्यस्तो व्यवहारबाट आजित भएर आफुले उसलाई गोली हानेको स्विकारोक्ति उनले गरिन् ।
राम्रोसँग सम्भोग नगरेको आरोपमा स्वास्नीको गोली गाएका इडवार्डको अहिले पनि अस्पतालमा उपचार भैरहेकेा छ र उनी पूर्णरुपमा निको भैसकेका छैनन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment