Comments Add Comment

देबिका बन्दनाको एकल साँझ हुने

debika-bandana
दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका देविका वन्दना पनि अब एकल साँझमा देखिने भएकी छिन् । उनले एक बर्षअघि बुटवलमा एकल साँझ गरेकी थिइन् ।
राजधानीको होटल र्‍याडिसनको भव्य सभाकक्षमा उपस्थित दर्जनौं दर्शकलाई ‘मेलोडी नाइट विथ देविका बन्दना’मार्फत उनले मनोरञ्जन दिलाउनेछिन् । उनले ४ बर्षअिघ पहिलोपटक अमेरिका र लण्डनमा एकल साँझको आयोजना गरेकी थिइन् । देविकाले यसपटक पूर्ण रुपमा सांगीतिक ब्याण्डको साथमा प्रस्तुत हुन  लागेको जानकारी दिइन् । उनलाई युगल गायनमा विजेश पौडेल र छिरिङ भोटियाले साथ दिनेछन् ।

करिब डेढ घण्टासम्म चल्ने कार्यक्रममा उनले करिब १६ वटासम्म गीत गाउनेछिन् । ‘म ‘अच्छा लेकिन’, ‘भरे आउँछु सपनीमा’ ‘नेपाली माया चाहिन्छ’ सहित ‘यस्तै रहेछ यहाँको चलन’लगायतका चर्चित गीत गाउनेछु,’ उनले थपिन्,’सबै गीत गाउन नभ्याइने भएकाले पनि ती गीतलाई छोटो छोटो रुपमा प्रस्तुत गर्नेछु ।
मन्त्र दिव्याले आयोजना गर्ने कार्यक्रमको व्यवस्थापन पार्टी फेष्टाले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment