Comments Add Comment

रोनाल्डो र मेस्सीभन्दा धोनी धनी

Ms-dhoni

७ साउन, काठमाडौं । स्विट्जरल्याण्ड टेनिस स्टार रोजर फेडेरर र अमेरिकी गल्फर टाइटर उड्स सर्वाधिक धनी खेलाडी बनेका छन् ।

फोर्ब्स म्यागाजिनले सार्वजनिक गरेको सर्वाधिक मूल्यवान खेलाडीको सूचीमा फेडेरर र उड्स ४६ मिलियन डरलका साथ शीर्ष स्थानमा छ । फोर्ब्सले सन् २०१३ मा खेलाडीहरुको तलब र विज्ञापनबाट कमाएको पैसाका आधारमा सर्वाधिक मूल्यवान खेलाडीको सूची बनाएको हो ।

भाारतीय क्रिकेट कप्तान महेन्द्रसिंह धोनी मूल्यवान खेलाडीहरुको सूचीमा पाँचौं स्थानमा छन् । उनले फुटबल स्टार क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीलाई पछि परेका छन् । लड्समा २८ वर्षपछि भारतलाई टेष्टमा जित हात पारेको केही दिनमा नै धोनीले अर्को खुसी मनाउन पाएका हुन् ।

फोब्र्सका अनुसार धोनी २१ मिलियन डलर कमाएका छन्, जुन रोनाल्डो र मेस्सीको भन्दा ८ मिलिय बढी हो ।रियल मडि्रडका स्टार स्ट्राइकर रोनाल्डो १३ मिलियनका साथ नवौं स्थानमा छन् भने दशौं स्थानमा रहेका मेस्सीको पनि समान १३ मिलियन डलर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment