Comments Add Comment

छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

६ साउन, सर्लाही । आफ्नै छोरीलाई जबर्जस्ती गरेको आरोपमा सर्लाहीको मधुवनगोठ गाविसका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार साँझ आफ्नै घरको कोठामा १३ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा मधुवनगोठ-२ का ३५ वर्षीय मुकेशकुमार कर्णलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले जानकारी दिए । पीडित बालिकाकी आमा मनोरमा देवीले श्रीमान्विरुद्ध आफ्नै छोरीलाई जबर्जस्ती गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।

आफूलाई कुटपिट गर्दै बाहिर निकालेर पतिले छोरीलाई कोठाभित्रै जर्बजस्ती गरेको मनोरमाले बताइन् । “साँझ नजिकै ट्यूसन पढन गइरहेका तीन छोराछोरीमध्ये जेठी छोरीलाई श्रीमान्ले बाटैबाट जबर्जस्ती फर्काएर ल्याए,” मनोरमाले भने-घरमा ल्याएर सिधै कोठाभित्र थुनेर जर्बजस्ती करणी गरे, प्रतिकार गर्दा मलाई पनि कुटपीट गरे, छोरीले बेस्सरी चिच्याएपछि र मैले हारगुहार माग्दा पनि कोही आएनन् ।”

मनोरमाका अनुसार मादकपदार्थ सेवन गरेका कर्णले छोरीलाई बलात्कार गरेपछि कसैलाई नभन्न धम्की दिएपनि जेठो छोरा आठ वर्षीय अवनिसले राति ९ बजे स्थानीय प्रहरी चौकीमा पुगेर खवर गरेका थिए । लगतै प्रहरीले पीडक बाबु कर्णलाई नियन्त्रणमा लिएको थियो ।

पीडित बालिकालाई उपचारका लागि सदरमुकाम मलङ्गवातर्फ पठाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment