Comments Add Comment

विजय गजमेरको फोटो सर्वोत्कृष्ट

Photo-of-the-year

७ साउन, काठमाडौं । आइएमई-ग्लोबल-आइएमई नेपाल फोटो प्रतियोगिताको उपाधि विजय गजमेरले जितेका छन् । आफ्नै पतिद्धारा जलाइएकी रिहाना शेख काठमाडौंमा ४० दिनको विशेष उपचारपछि नेपालगञ्जस्थित माइति फर्किँदा गजमेरले खिचेको तस्वीरले १ लाख पुरस्कार रहेको आइएमई-ग्लोबल-आइएमई फोटो अफ द इयर घोषित भयो ।

दोहोरो उपाधि जितेका गजमेरले फोटो स्टोरीको प्रतिस्पर्धा पनि जितेका छ्न् । रिहानाको काठमाडौंदेखि नेपालगञ्जसम्मको यात्राको साथै परिवारसँगको पुर्नमिलनका क्षणहरु समावेश उनको स्टोरीले बाजी मारेको थियो ।

दीपेश श्रेष्ठको फोटोले नेपाल स्माइल विधा जित्यो भने गतवर्षका ग्राण्ड विजेता सैलेन्द्र खरेलले ‘सामसुङ के जुम डेली लाइफ’ विधामा बाजी मारे ।

किरण पाण्डेले न्युज विधाको उपाधि जित्दा नेचर एण्ड वाइल्डलाइफमा विकास द्धारे तथा कल्चर एण्ड टुरिजममा कान्तिपुरका निमेशजंग राईले बाजी मारे । त्यस्तै आरजे स्पोर्टस विधाको उपाधि मनोज पौडेलले जितेका छन् ।
डेली लाइफमा नभेष चित्रकारको फोटो दोस्रो तथा गणेशबहादुर मगरको फोटो तेस्रो भयो । यो बिधामा सम्पूर्णलाल मानन्धरको फोटोले अनरेबल मेन्सन अवार्ड जित्यो ।

प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात विधामा ६ हजार ५ सय ४९ फोटो प्राप्त भएका थिए । तीन दिन चलेको निर्णायक चरणबाट सबै विधाका विजेतासहित उत्कृष्ट १ सय ६५ फोटो छानिएका छन् । देशभरबाट यसपालीको प्रतियोगितालाई ९ सय व्यवसायिक र एमेच्योर फोटोग्राफरले ६ हजार ५ सय ४९ फोटो पठाएका थिए ।

छानिएका १ सय ५१ फोटोलाई काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment