Comments Add Comment

अदालतले बोलाउँदा गएनन पारस, नेपाल फिर्ता अनिश्चित

Paras Shah८ साउन, काठमाडौं । थाइल्यान्डको राजधानी बैंककस्थित होटल डेविस तोडफोड गरेको अभियागमा बुधबार पूर्वयुवराज पारस शाहलाई उपस्थित हुन आदेश दिएको भए पनि उनी अदालतमा उपस्थित भएनन् ।
पूर्वयुवराज पारस अदालत उपस्थित नभएका कारण थाइ वकिल साकाछाईले अर्को मिति माग गरेपछि थाई अदालतले भदौ १९ गतेका लागि अर्को तारिख दिएको छ । साउन २१ गते नेपाल र्फकने भनी तय गरिएको मिति अनिश्चित भएको थाइल्यान्डस्थित उनका एक सहयोगीले जानकारी दिएको नेपाल समाचारपत्रमा खबर छ । स्टुडेन्ट भिसामा थाइल्यान्डमा बस्दै आएका पूर्वयुवराज पारसको भिसाको म्याद साउन २१ गते सकिँदैछ ।
थाई अदालतले भदौ १९ को अर्को तारिख दिएपछि उनी नेपाल फर्किने नफर्किने अनिश्चित भएको उनका सहयोगीले जानकारी दिए । च्याङमाईको सुधार गृहमा रहँदै आएका पारसले बुधबार बिहानैबाट मोवाइल फोन स्वीच अफ गरेका कारण थप जानकारी लिन नसकेको बताइएको छ । उनको भिसाको म्याद नथप्ने घोषणा थाई सरकारले यसअघि नै गरेकोले पारस अप्ठेरामा परेको ती सहयोगीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment