Comments Add Comment

बेपत्ता भएको ११ वर्षपछि परिवारलाई शव

८ साउन, जनकपुर । जनयुद्धकालमा सुरक्षाकर्मीद्धारा बेपत्ता बनाइ हत्या गरिएका जनकपुरका पाँच युवाको शव ११ वर्षपछि परिवारलाई हस्तान्तरण गरिएको छ ।
करिब एक वर्षको डिएनए परीक्षणमा पहिचान भएपछि राष्ट्रिय मानवअधिकार आयोगले जनकपुर नागरपालिका १० का सञ्जीवकुमार कर्ण, दुर्गेश लाभ, जितेन्द्र झा, प्रमोदनारायण मण्डल र शैलेन्द्र यादवको शव पीडित परिवारलाई बुझाएको नयाँ पत्रिकासहितका दैनिक पत्रिकामा खबर छ ।
कंकालका रुपमा बुझाइएका ती शवको ठूलो संख्यामा स्थानीयको उपस्थितिमा बुधबारै जनकपुरस्थित स्वर्गद्वारीमा अन्तिम संस्कार गरिएको छ ।
२१ असोज ०६० मा जनकपुर ४ कटैया चौरीबाट तत्कालीन सुरक्षाकर्मीले पाँचैजनालाई पक्राउ गरी हत्या गरेका थिए । उनीहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई धुनषाको गोदार ३ स्थित कमलानदीको नजिकै गोली हानेर हत्या गरी गाडिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
सुरक्षाकर्मीले उनीहरुको आँखामा पट्टी बाँधेर गोली हानी हत्या गरेको प्रतिवेदनमा उल्लेख छ । २१ भदौ ०६७ मा जर्मनीबाट बोलाइएका विशेषज्ञ र शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीले गाडीएका शवको उत्खनन गरी त्रिवि शिक्षा अस्पतालमा लगेको थियो । शवको डिएनए परीक्षणका लागि आमाबुवासहित आफन्त १९ जनाको परीक्षण गरी मृतकहरुको पहिचान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment