Comments Add Comment

दोस्रो नेपाल कप फुटबल इलाममा

८ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद सङ्घ नेपाल र स्पोर्ट्स फर अल क्लबको संयुक्त आयोजनामा दोस्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता इलाममा हुने भएको छ ।
प्रतियोगिता आगामी असोज २४ देखि ३१ गतेसम्म इलामको फिक्कलस्थित करफोक उच्चमाध्यमिक विद्यालयको मैदानमा हुने दुवै आयोजक अध्यक्ष लोकबहादुर शाहीले जानकारी दिए ।
प्रतियोगितामा १० पुरुष टोलीसहित भारत र भुटानका टोलीलाई पनि आमन्त्रण गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिता सञ्चालनका लागि करिब रु १२ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment