Comments Add Comment

कार्यालय भवन जीर्ण हुँदा प्रहरी नै असुरक्षित

८ साउन, बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुराको भवन पुरानो र जीर्ण बन्दै गएपछि प्रहरी आफैँ असुरक्षाको महसुस गर्न थालेको छ ।
सो कार्यालयको भवन जीर्ण बनेर आधा दर्जन कोठा प्रयोगमा नल्याइएपछि अहिले प्रहरीलाई खाँदिएर बस्नुपर्ने बाध्यता रहेको छ ।
विसं २०३४ मा निर्मित उक्त भवन पुनः निर्माण हुन नसकी पुरानो भएपछि अहिले प्रहरीले जोखिमपूर्ण अवस्थामा बस्नु परेको प्रहरी निरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।
भवन नभएकै कारण प्रहरी जवानदेखि सबै प्रहरी एकै ठाउँमा खाँदिनुपर्ने अवस्था आएको उनले बताए ।
कार्यालयका पाँचवटा कोठामा कोही नबसी खाली छोडिएको, भवन जीर्ण भएपछि कार्यालयको थुनुवा कक्ष, हतियार भण्डारण कक्षसमेत जोखिममा छन् ।
प्रहरी कार्यालयमा काठहरु कुहिएका छन् भने माटो झरिरहन्छ, बाहिर हेर्दा भवन राम्रै देखिए पनि भित्रका कतिपय कोठा बस्न योग्य नहँुदा अहिले खाली रहेका छन् । पुनः निर्माणका लागि सम्बन्धित निकायमा आग्रह गरिएकै भए पनि अहिलेसम्म सुनुवाइ नहुँदा प्रहरीले जोखिमपूर्ण र समस्यायुक्त दिन बिताउनु परेको प्रहरीको गुनासो छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment