Comments Add Comment

विश्व ह्याण्डराइटिङ प्रतियोगितामा दुई नेपाली बने विश्व च्याम्पियन

रक्षा अर्याल(बायाँ) र स्वर्णिमा शाक्य(दायाँ) 'वर्ल्ड ह्याण्डराइटिङ कन्टेष्ट'का राष्ट्रिय निर्देशक दीपेन्द्ररत्न शाक्यका साथ
रक्षा अर्याल(बायाँ) र स्वर्णिमा शाक्य(दायाँ) ‘वर्ल्ड ह्याण्डराइटिङ कन्टेष्ट’का राष्ट्रिय निर्देशक दीपेन्द्ररत्न शाक्यका साथ

८ साउन, काठमाण्डौ । ‘विश्व ह्याण्डराइटिङ प्रतियोगिता-२०१४’मा दुई नेपाली विद्यार्थी भिन्नाभिन्नै विधामा विश्व च्याम्पियन बनेका छन् । न्यूयोर्कमा मुख्यालय रहेको ‘वल्र्ड ह्याण्डराइटिङ कन्टेष्ट’को आयोजनामा भएको यो वर्षको प्रतिस्पर्धामा ‘आर्टिष्टिक ह्याण्डराइटिङ’ विधामा स्वणिर्मा शाक्य र ‘कर्सिप ह्याण्डराइटिङ’ विधामा रक्षा अर्याल विश्व च्याम्पियन बनेका हुन् ।

१५ वर्ष मुनिको उमेर समूहमा भएको यो प्रतियोगितामा उनीहरुले ५७ देशका प्रतिस्पर्धीलाई उछिन्दै पहिलो पुरस्कार हात पारेका हुन् ।ललितपुरको जेम्स स्कूलमा कक्षा ६ मा अध्ययनरत १२ वषर्ीया शाक्यले सन् २०१३ मा पनि ‘कर्सिप ह्याण्डराइटिङ’ शीर्षकमा दोस्रो पुरस्कार पाएकी थिइन् ।

यो वर्ष ‘कर्सिप ह्याण्डराइटिङ’मा विश्व च्याम्पियन बन्ने रक्षा होली गार्डेन स्कूलमा कक्षा १० मा अध्ययनरत छिन् । ‘वल्र्ड ह्याण्डराइटिङ कन्टेष्ट’का नेपालका लागि राष्ट्रिय निर्देशक दीपेन्द्ररन्त शाक्यका अनुसार पहिलो चरणमा नेपालभित्रै ६ सय विद्यार्थीवीच प्रतिस्पर्धा भएको थियो । त्यसमध्ये १ सय प्रतिस्पर्धीको ह्याण्डराइटिङ विश्व प्रतिस्पर्धाका लागि न्यूयोर्क पठाइएको थियो ।

‘दुईवटा विधामा नेपाली विद्यार्थी विश्व च्याम्पियन बनेपछि निकै ठूलो एक्सपोजर मिलेको छ’ शाक्यले अनलाइनखबरसँग भने-‘आगामी वर्षदेखि हामी नेपालभित्रै बृहत प्रतिस्पर्धा गराउँदै छौं जसमा करिव १५ हजार बिद्यार्थी सामेल हुनेछन् ।’ आगामी सेप्टेम्बरमा दुवै बिजेतालाई प्रमाणपत्र दिइने शाक्यले जानकारी दिए ।

'आर्टिष्टिक ह्याण्डराइटिङ' बिधामा बिश्व च्याम्पियन बनेको स्वर्णिमा शाक्यको ह्यान्डराइटिङ
‘आर्टिष्टिक ह्याण्डराइटिङ’ बिधामा बिश्व च्याम्पियन बनेको स्वर्णिमा शाक्यको ह्यान्डराइटिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment