Comments Add Comment

रियललाई ६ ट्रफी जिताउने बेलको दावी

८ असार, काठमाडौं । रियल मड्रिडका ग्यारेथ बेलले यो सिजन रियल मड्रिडलाई ६ बटा ट्रफी जिताउन तयार रहेको बताएका छन् । गर्मी विदापछि आफूले निकै बलियो महसुुस गरेको उनले बताए ।

क्यालिफोर्नियामा रियल मड्रिडको ट्रेनिङका क्रममा बेलले भनेका छन्–‘हामीसँग ६ बटा ट्रफी छन् र हामी त्यो सबै जित्न चाहन्छौं ।’

रियल मड्रिड युरोपको उत्कृष्ट टिम भएको भन्दै उनले उपाधिका लागि पहिलेभन्दा निकै भोकाएको र च्याम्पियन्स लिगको उपाधि रक्षा गर्न चाहेको बताए । ‘म धेरै एसिस्ट र गोल गर्न चाहन्छु । म हरेक क्षेत्रमा सुधार गर्न चाहन्छु’ उनले भनेका छन् ।

विश्वकप खेल्न नपाउनु दुःखद भएको भन्दै उनले त्यसबेलाको आरामले अहिले प्रि सिजनमा पूर्ण समय दिन पाएको उनले बताए ।

रियल मड्रिडले यो सिजन विश्वकपको गोल्डेन बुट विजेता जेम्स रेड्रिग्वेज र विश्व विजेता टोली जर्मनका सदस्य टोनी क्रुजलाई भित्र्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment