Comments Add Comment

राजकुमारको आक्रोश : ‘नयाँले पुरानालाई टेर्नै छोडे’

rajkumar-rai
चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई कुनै पनि कार्यक्रममा एक न एक बिषयमा बोल्न अग्रसर नै हुन्छन् । आज आयोजना भएको चलचित्र ‘उत्सव’को एक कार्यक्रममा राजकुमारले सिनेमा क्षेत्रमा देखिएको नयाँ र पुराना पुस्ताको बिषयलाई उठान गरे ।

मन्तव्यका क्रममा एक्कासी आक्रोशित देखिएका राजकुमारले भने-‘आखिर के यो नयाँ र पुराना पुस्ता भनेको ? के हो नयाँ र पुरानो धार भनेको ? यो सिनेमा क्षेत्रमा नयाँ पुस्ता छन् त पुरानाहरुको योगदानले ।’

राजकुमारले झोक्किदै भने-‘अहिलेका नयाँ पुस्ता भनिनेहरु के भाका हुन्, पुरानोको त कुरै सुन्दैनन् । पुरानासँग एउटा कुरामा मात्र चित्त वुझेन भने बोल्दै बोल्दैनन् । खै यहाँ सम्मानको भावना कहाँ छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment