Comments Add Comment

टेक्सासमा राजेश पायल रार्इको लाइभ कन्सर्ट

न्युयोर्क । अमेरिकाको टेक्सास ड्यालसमा गायक राजेश पायल रार्इको लाइभ कन्सर्ट भव्यताका साथ सम्पन्न भएको छ । नमस्ते युएस अनलाइन टेलिभिजनको प्रस्तुति ‘राजेश पायल लाइभ कन्सर्ट’ लगातार झन्डै  ६ घण्टा सम्म चलेको हो।

 गर्मी मौसमको रमाइलो (समर धमाका) नाम दिइएको उक्त कार्यक्रम शुक्रवार टेक्सासको ड्यालस सहरस्थित अर्भिंग मल बेन्कट हलमा भव्य रूपमा आयोजना गरिएको थियो । dallas-1दुई चरणमा बाडिएको उक्त कार्यक्रममा पहिलो चरणमा पवनकली हसेउली-ठटेउली तथा राजेश पायल लाइभ कन्सर्ट रातिको १२ बजे सम्म अनि दोस्रो चरण १२ बजे देखि २ बजेसम्म डिजे प्रशान्त, डिजे म:म: र डिजे सुशान्तको डिजे प्रस्तुति रहेको थियो। राजेश सँगै नाच्यो सिङ्गो ड्यालस आज ।

विजयराज भट्टराईले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा गायक “राई इज किङले” नाई नभन्नु ल–२ बाट गाउन सुरुवात गरेका थिए । गायक राईले यो गीत पश्चात् आफ्ना चर्चित पाश्र्व तथा आधुनिक गीतहरू क्रमश: छैन तिमी बाहेक, सिरै फुल सिरबन्दी, नौझाले मायाले, मोहनी लाग्ला है, ओके, दर्शन नमस्ते–२, दर्शन नमस्ते, माथिमाथी लेकबाट, बल्ला भेट भो आदङ्बे, धरान धनकुटा भेडेटार, दिक्तेल बजार, सागरसरी, सरसर माया वरवर लगायत गीतहरू गरी करिब २२ वटा गीत गाएका थिए । पानीको एक घुट्को पनि नपिई एउटै गतिमा, उत्तिकै स्फूर्तिका साथ दर्शकहरुलाई नचाउन सफलराई को अदभुत प्रस्तुतिले सबै मन्त्र मुग्ध भएर झुम्मिए कार्यक्रममा ।dallas-2

पवनकलीको  विशेष प्रस्तुति ‘हसेउली-ठटेउलीले कार्यक्रममा सुगन्ध थपेको थियो। पवनकलीलाई स्थानीय कलाकार बासु शर्माले साथ दिनु भएको थियो । पवन-बासु उत्तिकै जमे कार्यक्रममा । अतिथि कलाकारको अलाबा स्थानीय कलाकारहरू बेदराज बस्नेत र भीम थापाले गीत तथा युशिश श्रेष्ठ, सृष्टि घिमिरे अनि अस्मिता पौडेलले नृत्य प्रस्तुत गरेका थिए । dallas-3

अमेरिकामा धेरै नेपालीहरूको बस्ती रहेको राज्य ‘टेक्सास’ लाई केन्द्र बिन्दु बनाएर बिषेशत ड्यालसका नेपाली कार्यक्रमहरुलाई संसार भरि सम्प्रेषण गर्दै आएको मेडिया ‘नमस्ते युएस’ का सञ्चालक विकास राज न्यौपानेले सहभागी, सहयोगी तथा सम्पूर्ण प्रायोजकहरुलाई धन्यवाद दिनुभयो। कार्यक्रममा झन्डै  ५०० दर्शकहरूले मनोरन्जन लिएका कुरा आयोजक सहयोगी मनोज राईले   बताए । यस कार्यक्रमलाई नेपाली समाज टेक्सास तथा एभरेस्ट रेस्टुरेन्टको सहभागितामा आयोजना गरिएको हो ।dallas-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment