Comments Add Comment

फेरि आयो यूवाको कथा, उत्सवमा कस्ता-कस्ता संवाद

gaurab-and-prakriti
चलचित्र ‘उत्सव’को ट्रेलरले प्रशंसा पाएको छ । आज काठमाण्डौको कुमारी हलमा आयोजना भएको ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित पत्रकार र केही चलचित्रकर्मीले यसको प्रशंसा गरे ।

निर्माता शेखर कोइरालाले करिब ८ बर्षपछि ‘उत्सव’को निर्माण गरेका हुन् । कुमार भट्टराइको कथा तथा निर्देशन रहेको चलचित्र यूवापुस्ताको बिषयमा बोल्छ । चलचित्रमा सौगात मल्ल, मेनुका प्रधान, गौरव पहारी, प्रकृती श्रेष्ठ, संजोग कोइरालाको मुख्य भूमिका छ । यो चलचित्र भदौ १३ गतेबाट दर्शना आट्स काठमाण्डौ वितरणमा एकसाथ देशभर प्रदर्शनमा आउँदैछ ।

कार्यक्रममा बोल्दै निर्देशक कुमार भट्टराइले यूवापुस्ताको कथालाई रोमान्चक तबरले प्रस्तुत गरेको भन्दै मन नपरे खुलेरै प्रतिक्रिया दिन भने । निर्माता शेखर कोइरालाले आफूले ८ बर्षपछि बदलिएको सिने नगरीमा बदलिएका दर्शक अनुसार सिनेमा बनाएको बताए ।

ट्रेलर सार्वजनिकसँगै सिनेमाप्रति दर्शकको उत्साह बढ्ने विश्वास गरिएको छ । अधिकांश सिनेमामा गहन भूमिकामा अभिनय गर्ने कलाकार सौगात मल्ल यो चलचित्रमा भने पूर्णरुपमा रोमान्टिक भूमिकामा देखिदैछन् । चार्टर एकाउन्टेन पढेका निर्माता शेखर कोइरालका छोरा संजोग सिने नगरीमा यसै सिनेमा मार्फत भविष्य खोज्दैछन् ।

यही कार्यक्रममा रञ्जित कोइरालालाई लिएर नयाँ सिनेमा निर्माण गर्न लागेको जानकारी निर्माता कोइरालाले दिए । यस्तै संजोग कोेइरालाले पनि बर्षमा एउटा सिनेमा बनाउने जानकारी दिइयो । यसलाई बाबु र छोराको सिने भिडन्तको रुपमा पनि हेरिएको छ ।  utsav-pressmeet

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment