Comments Add Comment

बाबुरामले भने-‘ढुक्क हुनुहोस्, संविधानमा चलचित्र लेखिन्छ’

nisha-and-baburam

चलचित्र कलाकार संघको टोलीसँगको भेटमा संवैधानिक राजनीतिक संवाद तथा सहमती समितीका सभापति डाक्टर बाबुराम भट्टराइले नयाँ संविधानमा चलचित्र क्षेत्र ओगटीने विश्वास दिलाएका छन् ।

आज बिहान चलचित्र कलाकार संघका अध्यक्ष नबल खड्काको नेतृत्वमा पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराइलाई भेट्न एक टोली सिंहदरबार पुगेको थियो । भेटमा कलाकार संघको तर्फबाट २ बुँदे सुझाव पनि प्रस्तुत गरिएको छ ।

जसअन्र्तगत ‘मौलिक हक’ र ‘राज्यको दायित्व’ रहेका छन् । मौलिक हक अन्र्तगत ‘चलचित्र अभिव्यक्ति सम्प्रेषणको सशक्त माध्यम भएकाले चलचित्र निर्माण गर्न वा प्रदर्शन गर्न कुनै प्रतिवन्ध लगाइने छैन’ भनी उल्लेख गरिएको छ ।

यस्तै, कलाकार संघले वुझाएको सुझावको दोश्रो नम्बरको ‘राज्यको दायित्व’ अन्र्तगत वुँदामा उल्लेख गरिएको छ-‘राज्यले राष्ट्रिय चलचित्र विकासको लागि चलचित्रलाई सिर्जनशिल, सांकृतिक उद्योगको रुपमा स्थापित गरि राष्ट्रिय चलचित्र विस्तार, विकास एवं संरक्षणका लागि सकारात्मक विभेदका आधारमा विशेष व्यवस्था गर्ने नीति अबलम्बन गर्नेछ ।’

आफूहरुले वुझाएको सुझावमा डाक्टर भट्टराई सकारात्मक रहेको अध्यक्ष नवल खड्काले बताए । उनले आफूहरुलाई डाक्टर बाबुराम भट्टराइले चलचित्रको बिषय यसपटकको संविधानमा उल्लेख हुने भन्दै ढुक्क हुन भनेको नवलले अनलाइनखबरलाई  जानकारी दिए ।kalakar-sanga-ko-toli

तस्बिर : नायिका निशा अधिकारीको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment