Comments Add Comment

भान गालको नेतृत्वमा युनाइटेडमा विजयी सुरुवात

८ साउन, काठमाडौं । प्रशिक्षक लुइस भान गालले म्यानचेष्टर युनाइटेडमा विजयी सुरुवात गर्ने क्रममा एल ए ग्यालेक्सीलाई पराजित गरेको छ ।

बिहीबार बिहान भएको प्रि सिजन टुरको पहिलो खेलमा युनाइटेडले एल ए ग्यालेक्सीलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

क्लालिफेर्नियामा भएको खेलमा भानगालले वायन रुनी, ड्यानी वेलब्लेकसहितका स्टार खेलाडीलाई मैदान उतारेका थिए । खेलमा रुनीले दुई गोल गरेका छन् ।

गोलको खाता भने १३ औं मिेनटमा वेलब्लेकले गरेका थिए । ४२ औं र ४५ औं मिनेटमा रुनीले गोल गरेपछि पहिलो हाफमा युनाइठेडले ३-० को अग्रता लिएको छ । दोस्रो हाफको ६२ र ८४ औं मिनेटमा रुइस जेम्सले दुई गोल गरे भने ८८ र ९० औं मिनेटमा एस्ले योङले गोल गरेपछि युनाइटेडले ७-० को जित हात पारेको छ ।

नेदरल्याण्डलाई विश्वकपको सेमिफाइनलसम्म पुर्‍याएका भानगाल यो सिजनबाट युनाइटेडको प्रशिक्षक बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment