Comments Add Comment

कैदी बोकेको बसमा आक्रमण, ६० को मृत्यु

८ साउन, काठमाडौं । इराकको राजधानी बग्दाद नजिकै कैदीहरु बोकेको बसमा चरमपन्थी समूहले आक्रमण गरेको छ । जसमा ६० भन्दा बढीको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

कैदीहरुलाई सैन्य बेसबाट जेल लैजाने क्रममा आत्मघाती बम विस्फोट भएको थियो । विस्फोटपछि बन्दुकधारीहरुले गोलाबारी सुरु गरेको थियो ।

अधिकारीहरुका अनुसार विस्फोटमा मृत्यु हुनेमा ५१ कैदी छन् भने ९ प्रहरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment