Comments Add Comment

मानव विकास सूचकांकमा नेपाल १२ स्थानमाथि उक्लियो

८ साउन, काठमाडौं । मानव विकास सूचकांकमा नेपाल १२ स्थानमाथि उक्लिएको छ । यसले नेपालीको जीवनस्तरमा सुधार आएको देखाएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीले विहीबार जापानको टोकियोबाट सार्वजनिक गरेको मानव विकास प्रतिवेदन २०१४ मा नेपाल १ सय ४५ औं स्थानमा छ । २०१३ मा नेपाल १५७ औं स्थानमा थियो ।

तर, नेपाल अझै न्यून विकसित मुलुकको सूचीमा छ । न्यून विकसित मुलुकको शीर्ष स्थानमा रहेको नेपालको अंक ०.५४० छ । अब नेपालले केही सुधार गर्ने हो भने मध्यम विकसित मुलुकको सूचीमा पर्न सक्नेछ । विकसित मुलुकको सूचीको पुछारमा १४२ औं स्थानमा रहेको इक्वेटोरियल गिनीको ०.५५६ अंक छ ।

Human development index final

सार्क मुलुकमा श्रीलंका विकसित मुलुकको सूचीमा परेको छ भने माल्दिभ्स, भारत, भुटान र बंगलादेश मध्यम विकसित मुलुकको सूचीमा परेका छन् । नेपालसँगै पाकिस्तान र अफगानिस्तान भने न्यून विकसित मुलुकको सूचीमा छन् ।

कुन मुलुक कहाँ ?

दक्षिण एशियाको श्रीलंका ७३ औं स्थानमा छ । मालदिभ्स १०३ औं स्थानमा छ र मध्यम विकसित मुलुकको शीर्ष स्थानमा पनि हो । भारत १३५ र भुटान १३६ औं स्थानमा छन् भने बंंगलादेश १४२ औं स्थानमा छ ।

अफगानिस्तान एशियामा सबैभन्दा कमजोर अर्थात १६९ औं स्थानमा छ । शिक्षा, स्वास्थ्य एवं प्रतिव्यक्ति आय लगायतका मानकहरुका आधारमा एनडीपीले विश्वका १८७ देशको मानव विकास सुचकांक सार्वजनिा गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment