Comments Add Comment

सुनसरी-मोरङ सिंचाइ आयोजनाका पूर्वप्रमुख सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा

८ साउन, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुनसरी-मोरङ सिंचाइ आयोजनाका पूर्वप्रमुख विनयकुमार सिंहविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

पदीय दुरुपयोग गरी १ करोड ४५ लाख ७६ हजार ६८८ रूपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोपमा अख्तियारले सिंह र उनकी पत्नी अलका सिंहविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (२) बमोजिम बिगो र बिगो बमोजिम जरिवाना माग गरेको छ । साथै भ्रष्टाचार निवारण ऐनको दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम सिंह र उनके पत्नीको नाममा बैंकमा रहेको १ करोड ३२ लाख ७२ हजार २११ र श्रोत नखुलेका अन्य अचल सम्पत्ति समेतबाट बिगो बमोजिम जफत एवं असुलउपर हुन मागदाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment