Comments Add Comment

११६ जना सवार एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त

८ साउन, काठमाडौं । १ सय १६ जना सवार अल्जेरियाको राष्ट्रिय एयरलाइन्स एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त भएको छ । एयर अल्जेरियाले सम्पर्कविहीन विमान दुर्घटना भएको घोषणा गरेको हो । यद्यपि थप जानकारी नदिइएको रोयटर्सले जनाएको छ ।

अधिकारीहरुका अनुसार विमान बुर्किना फासोबाट राजधानी उडेको करिव ५० मिनेटपछि सम्पर्क टुटेको थियो । एएच ५०१७ विमानमा ११० यात्रु र ६ चालक दलका सदस्य थिए ।

विमान फ्रान्सका ५० यात्रु थिए । युस्तै बुर्किनानका २४, लेबनानका ८, अल्जेरियाका चार र लक्ज्मबर्गका दुई यात्रु थिए । स्वीस, नोइजेरियन, क्यामरुन, युक्रेनियन र रोमानियन एक-एक थिए । विमानमा चार दलका ६ सदस्य भने स्पेनिस नागरिक थिए ।

स्थानीय समाचार एजेन्सीहरुका अनुसार अल्जेरियामा आपत्तकालीन योजना लागू गरिएको छ भने स्पेनिश एयरलाइन्स स्विफ्ट एयरको विमान भाडामा लिइएको छ । स्विस एयरले विज्ञप्ति जारी गरी हराइरहेको विमान एमडी ८३ भएको र सम्पर्क हुन नसकेको बताएको छ ।

algeria-plane-missing

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment