Comments Add Comment

रेखा शाहले गरिन् १ लाख सहयोग

rekha-and-rabindra-mishar
गायिका रेखा शाहले यसै बर्ष स्थापना गरेको ‘रेखा शाह फाउन्डेशन’ले २० जना गरिब तथा जेहेन्दार विद्यार्थीका लागि १ लाख ३ हजार २ सय १० रुपैयाँ सहयोग गरेको छ । काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै गायिका शाहले क्षेत्रपाटीमा रहेको ‘कन्या मन्दिर उच्च माध्यमिक विद्यालय’ र प्याफलमा रहेको ‘कान्ति ईश्वरी राज्यलक्ष्मी माध्यमिक विद्यालय’का २० जना गरीब तथा जेहेन्दार बालबालिकाको एक बर्षको सम्पूर्ण शैक्षिक खर्चे ब्यहोर्ने निर्णय गरेको जनाइन् ।

यस्तै उनले ‘हेल्प नेपाल नेटवर्क’लाई ११ हजार १ सय ११ रुपैयाँ पनि हस्तान्तरण गरिन् । हेल्प नेपालका रविन्द्र मिश्रलाई उनले रकम हस्तान्तरण गरेकी हुन् । यस्तै, उनले यो संस्थाको तर्फबाट समाजमा गरीब, विपन्न, वर्ग, द्वन्द्व पीडितलगायतका बालबालिका एवं बृद्धाहरुलाई सहयोग गर्ने लक्ष राखेको समेत बताइन् ।

उनले नेपाली सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिने श्रष्टाहरुलाई सहयोग गर्ने लक्ष्य समेत राखेको जानकारी दिइन् । यसका लागि यसैबर्ष नेपालसँगै एक दर्जन देशमा सांगीतिक यात्रा गर्न लागेको भनाई उनको छ ।
rekha-shah-help

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment