Comments Add Comment

सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष युन नेपालमा

Samsung-ELE
८ साउन, काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बी.के. युन बिहीबार नेपाल आएका छन् । सामसुङका उच्च अधिकारीहरुको साथमा उनी नेपाल भ्रमणमा आएका हुन् । नेपाल भ्रमणका क्रममा उनले सामसुङको बजार विकासका अवसरहरु नियाल्नेछन् ।

सिइओ युनले सामसुङको बजार विकास र बढ्दो अवसर बुझ्न नेपालसहित सार्क राष्ट्रहरुको भ्रमण गर्दैछन् । फ्ल्याट प्यानेल टिभी, स्मार्टफोन र मेमोरी चिप्समा सामसुङ विश्वकै अग्रस्थानमा पर्छ । फ्ल्याट प्यानेल टिभी सेटमा सामसुङको विश्वभर ३१ प्रतिशत बजार हिस्सा रहेको छ ।

सामसङले नेपालका साथै अन्य सार्क राष्ट्रहरुलाई पनि प्राथमिकतामा राखेको छ । नेपाल र सार्कका अन्य राष्ट्रहरु सामसुङका लागि बढ्दो अवसर रहेको बताइएको छ । नेपालमा आउनुभन्दा पहिले युनले श्रीलङ्का र भारतमा पनि भ्रमण गरिसकेका छन् ।

Samsung-ELE-2

भ्रमणका क्रममा युन काठमाडौं र ललितपुरका सामसङ प्लाजाहरुमा पनि पुगेका छन् । यसै क्रममा उनले दरबारमार्गको भर्खरै नविकरण गरिएको एक्सक्ल्यूसिभ सामसुङ प्लाजाको उद्घाटन समेत गरे । युनको भ्रमणकै बेलामा नेपालमा सामसुङ कर्भ यूएचडी र एलइडी टिभीहरुको पनि उद्घाटन गरियो । नेपालमा सामसङका उत्पादनहरुको वितरण गोल्छा अर्गनाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सले गर्दै आएको छ ।

हिम इलेक्ट्रनिक्सले सन् २००१ देखि सामसुङका उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले देशका विभिन्न स्थानमा ७ ब्रान्ड आउटलेट र १९० डिलरका माध्यमबाट सामसुङका उत्पादनहरु  प्रबर्धन गर्दै आएको छ ।
युनको भ्रमणका बारेमा जानकारी दिँदै हिम इलेक्ट्रनिक्सका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने- सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष बि.के. युन नेपाल भ्रमणमा आउनु खुशीको कुरा हो । युनको नेपाल भ्रमणले कम्पनीका सबै कर्मचारीहरुलाई प्रोत्साहान मिलेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment