Comments Add Comment

४ स्वास्नीको पोइ, अब कुना बसी रोइ

हामीकहाँ उखानै छ, दुइ जोइको पोइ, कुना बसि रोइ । तर चीनमा भने एक जना पुरुषले लुकिछिपी, छलछाम गरेर ४ वटी श्रीमती जम्मा पारेपनि २० वर्षसम्म हाँसेरै मज्जा लुट्न पाए । तर पाप धुरीबाट कराउँछ भनेझैँ अब उनले भने आफ्नो अपराधको सजाय भोग्नुपर्ने भएको छ ।

man arested
सन् १९९२ मा पहिलो विवाह गरेका ४५ वषर्ीय चेनले त्यसपछि श्रीमती थुपार्ने अभियानलाई तिब्रता दिए । पहिलो श्रीमतीलाई थाहै नदिई दुइ वर्षपछि अर्की महिलासँग बिहे गरेर गुपचुप राखे । उनले फेरि सन् २००७ मा तेश्री श्रीमती ल्याए तर उनको तेश्रो विहेको बारेमा पहिलो र दोश्रो श्रीमतीलाई थाहै थिएन । दुइ सौतामाथि आउने तेश्रीलाई पनि आफु पहिलो नै हुँ भन्ने थियो । उनले दोश्री र तेश्री श्रीमतीबाट छोरा र छोरी समेत पाए । तर यतिले मात्र उनको इच्छा पूरा भएन उनले गएको वर्षदेखि अर्की एक महिलासँग रोमान्स गर्न थाले र बिहे पनि गरे ।
आफ्नो लोग्ने अरु आइमाइ सँग पल्किएको शंका भएपनि अघिल्ला हरेक श्रीमतीहरुले प्रमाणको अभावमा मुख फोर्न सकेका थिएनन् । तर जब उनकी तेश्री श्रीमतीले आफ्नो लोग्ने लियांग नामकी केटीसँग कानूनी रुपमै बिहे गरेको कुरा पत्तो पाइन् तब उनले प्रहरीलाई खबर गरेर लोग्नेलाई समात्न लगाइन् । त्यसपछि प्रहरीले अनुसन्धान गर्दा पो असली कुरा खुल्यो । चेनले त अघिल्ली श्रीमतीहरुलाई थाहै नदिई लगातार नयाँ महिलासँग बिहे गरिरहेका रहेछन् र उनका जम्माजम्मी श्रीमतीको संख्या ४ पुगेछ ।
चौथो श्रीमतीसँगको बिहेको मात्र बिहेदर्ता रहेको हुँदा उनले कानून छल्न पाउने आशामा लगातार श्रीमती भित्राइरहेका रहेछन् । तर बहु विवाह गैरकानूनी रहेको चीनमा अब उनले बिहे दर्ताकै अभावमा उन्मुक्ति भने पाउनेछैनन् । उनलाई बहुविवाहको अभियोगमा कैद सजाय हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment