Comments Add Comment

अध्ययन भन्छ : होँचो मान्छेको दमदार सम्भोग

तपाइँ मध्यम कदको हुनुहुन्छ वा होँचो नै हुनुहुन्छ भने पनि चिन्ता नलिनुहोस् । अरु कुरामा केही असुविधा भएपनि यौनको मामिलामा भने अग्लो मान्छेहरुभन्दा तपाइँ अगाडि हुन सक्नुहुन्छ ।
बेलायतमा एक अध्ययनले बढि अग्लो कदका मानिसहरुले भन्दा मध्यम र होचो कदका मानिसहरुले सम्भोगमा बढि आनन्द प्राप्त गर्न सक्ने रोचक तथ्य पत्ता लगाएको छ । अध्ययन अनुसार ५ फिट ९ इन्च वा सो भन्दा कम उचाइका पुरुषहरुको सम्भोग बढि दमदार तथा आनन्ददायी हुन्छ ।

short-men-have-more-sex
पुरुषको यौन क्रियाकलापको तह तथा उसको उमेर, उचाइ, तौल, समग्र स्वास्थ्य अवस्थाबीच तुलना गर्दा ठिक्क उचाइको, फिट तथा तन्नेरी पुरुष सम्भोगको मामिलामा अगाडि रहेको पाइएको भन्दै शोधकर्ताहरुले ५ फिट ९ इन्च भन्दा कम उचाइ भएका पुरुषहरुको यौनक्रिडाको दर अग्ला मानिसहरुको भन्दा आश्चर्यजनक रुपमा बढि भएको बताएका छन् ।
शोधका क्रममा २० देखि ५४ वर्ष उमेरका ५३१ जना पुरुषलाई सहभागि गराइएको थियो । ती मध्ये हप्तामा औषतमा ३.५ पटकको दर भन्दा बढि सम्भोग गर्ने पुरुषहरुबीच कम्मरको परिधी धेरै भएकाहरुमा यौनक्रियाकलाप कम पाइयो भने कम उचाइ भएकाहरुमा यौन क्रियाकलाप उच्च भएको पाइयो । शोधकर्ताहरुका अनुसार मोटोपना तथा पाचन सम्बन्धि रोगहरुले यौन सक्रियतामा कमी ल्याइदिन्छ । मानिसको उचाइले उसको यौन क्षमतामा पार्ने प्रभावको विषयमा गरिएको शोध डिस्कोभर म्यागेजिनमा छापिएकेा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment