Comments Add Comment

त्रिचन्द्रमा खुकुरी हानेको अभियोगमा नेवि संघका कार्यकर्ता पक्राउ

८ साउन, काठमाडौं । त्रिचन्द्र क्याम्पसको पुस्तकालयमा अनेरास्ववियुका कार्यकर्ता प्रेम केसीलाई खुकुरी हानेको अभियोगमा नेवि संघका कार्यकर्ता प्रविण कैनी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय हनुमानढोका काठमाडौंबाट खटिएको विशेष टोलीले त्रिचन्द्रका विद्यार्थी कैनीलाई तनुहुँबाट बुधबार पक्राउ गरेको हो । कैनीलाई बिहीबार काठमाडौं ल्याएर अनुसन्धानका लागि जिल्ला अदालतबाट ६ दिनको म्याद थपिएको जिल्ला प्रहरी कार्यालय हनुमानढोकाका प्रवक्ता अर्जुन चन्द ठकुरीले अनलाइनखबरलाई बताए ।

कैनी पक्राउ परेपछि घटनाका योजनाकार भनिएका कमल बुढासहित अन्यबारे अनुसन्धान गरी पक्राउ गर्न सजिलो हुने प्रहरीको भनाइ छ । बुढा नेतृत्वको समूहले अनेरास्ववियुका कार्यकर्ता केसीमाथि गत आइतबार खुकुरी प्रहार भएपछि त्रिचन्द्रकै पुस्तकालयमा आगजनी भएको थियो ।

आफ्ना कार्यकर्तामाथि खुकुरी प्रहारमा नेवि संघका कार्यकर्ता संलग्न रहेको अनेरास्ववियुले दावी गर्दै आएको छ । पुस्तकालयमा भएको आगजनीको दोष नेवि संघले अनेरास्ववियुलाई लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment