Comments Add Comment

साउदीका बिष्णुले पाए सिटी एक्सप्रेसबाट सुनको सिक्रि

city-express-money८ साउन, काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो आठौं वाषिर्कोत्सवको अवसरमा “पैसा हात-हातमा, उपहार आठ-आठमा” उपहार योजना अन्तर्गत प्रत्येक महिनाको  ८ गते एक जनालाई १ तोला सुनको सिक्री उपहार प्रदान गर्ने योजना अन्तर्गत साउन ८ मा पहिलो ‘लक्की ड्र’ बाट साउदी अरवमा कार्यरत बिष्णुबहादुर खान ठकुरीले सुनको सिक्रि पाएका छन् ।

सन् २०१४ जुलाई २२ को गते कन्ट्रोल नम्बर १४२९११०७९९२७ मार्फत् रकम पठाएका बिष्णु एक तोलाको सुनको सिक्रि  जित्ने पहिलो ग्राहक बनेका छन् । उनले तनहुँ जिल्ला धोरप|mीदी गा.वि.स. वडा नंं. ५ भगवती बस्ने पूर्णकुमारी खान ठकुरीलाई सो रकम पठाएका थिए । रकम पाउने पूर्णकुमारीलाई नै सिक्रि हस्तान्तरण गरिने सिटी एक्सप्रेसले जनाएको छ ।

आजसम्म यो योजना अन्तरर्गत ९६ जनाले ज्याकेट प्राप्त गरिसकेका छन भने एक जनाले मोबाइल सेट र एक जनाले एक तोलाको सुनको सिक्रि गरी ९८ जनाले उपहार जितिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment