Comments Add Comment

भारतीय प्रधानमन्त्री मोदीले नेपालको संसदलाई सम्बोधन गर्ने

८ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न नेपाल भ्रमणका क्रममा व्यवस्थापिका संसदलाई सम्बोधन गर्ने भएका छन् ।  मोदी साउन १८ गते नेपाल भ्रमणमा आउँदैछन् ।

narendra modiसरकारको नेतृत्व गरिरहेको कांग्रेसको बिहीबार बसेको बैठकमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे छलफल भएको छ ।  स्रोतका अनुसार भारतीय पक्षले मोदीले नेपालको संसदलाई सम्बोधन गर्ने कार्यक्रम पनि राखेका छन् । ‘यसबारे प्रधानमन्त्रीले सभामुखसँग परामर्श गरिसक्नु भएको छ’ कांग्रेसका एक नेताले भनेका छन् ।

सभामुखले १८ गते आइतबार नै मोदीको सम्बोधन राख्नु राम्रो हुने सुझाव दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीको शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने एक अधिकारीले बताएका छन् । यस पटक संसद नियमावलीमा सरकार प्रमुख एवं राष्ट्रप्रमुख र संयुक्त राष्ट्रसंघका महासचिवले संसदमा नै सम्बोधन गर्ने सक्ने व्यवस्था गरिएको छ ।

मोदीको भ्रमणको तयारीका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वरेज शुक्रबार नेपाल आउँदैछन् । नेपाल-भारत विदेशमन्त्रीस्तरीय बैठकले मोदीको भ्रमणको एजेण्डाहरु त्य गर्नेछ ।

भारतले विद्युत व्यापार सम्झौताको प्रस्ताव गरेपनि नेपालमा भने चर्को विरोध भएको छ । जलविद्युतमा भारतीय एकाअधिकार कायम गर्ने गरी सम्झौता प्रस्ताव गरिएको भन्दै विपक्षी दलहरुले प्रस्तावको विरोध गरेका छन् भने सभासदहरुले संसदमा भारतीय प्रस्तावबारे जानकारी माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment