Comments Add Comment

नेपालबाट बढी निर्यात हुने वस्तु नै विदेशी कच्चा पदार्थमा निर्भर

९ साउन, काठमाडौं । नेपालबाट बढी निर्यात हुने वस्तुको आधाभन्दा बढी रकम कच्चा पदार्थ आयातमै खर्च हुने गरेको छ । नेपालमै उत्पादित कृषिजन्य वस्तु भने कच्चा पदार्थकै (न्यून) मूल्यमा निर्यात भइरहेका छन् ।
बढी निकासी हुने फलाम, पस्मिना, गलैंचा, तयारी पोसाक, चाँदीका गरगहना र तामाका वस्तुको कच्चा पदार्थ विदेशबाट आयात हुने गरेको छ । आयात हुने कच्चा पदार्थमा न्यूनमात्र मूल्य अभिवृद्धि हुने गर्छ । तयारी पोसाकको ३० प्रतिशत, पस्मिनाको ४० प्रतिशत र गलैचाको ४० प्रतिशत मूल्य अभिवृद्धि हुन्छ । फलामजन्य वस्तु, चाँदीका गरगहना र तामाका वस्तुमा भने १५/२० प्रतिशतमात्र हुने कारोबारमा खबर छ ।
व्यापार निकासी तथा प्रवर्धन केन्द्रका अनुसार आव ०७०/७१ का ११ महिनामा सबैभन्दा बढी १० अर्ब ४९ करोडका फलाम तथा स्टिलजन्य वस्तु निर्यात भएका छन् । जबकी यिनका कच्चा पदार्थ आयातमा मात्रै ५१ अर्ब ३८ करोड रुपैयाँको बाहिरिएको छ । ७ अर्ब १६ करोड रुपैयाँ तयारी फलाम आयातमा खर्च भएको छ । फलाम निर्यातभन्दा आयात करिब ५ गुणा बढी देखिन्छ । बढी निकासी हुने फलाम बस्तुमै व्यापारघाटा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment