Comments Add Comment

विदेशी सस्ता वस्तु आयातमा प्रतिवन्ध लगाइने

९ साउन, काठमाडौं । स्वदेशी उत्पादनलाई हानि गरेको भन्दै सरकारले सस्तो बिक्री मूल्य भएका विदेशी वस्तुको आयातमा रोक लगाउने तयारी गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले सस्ता वस्तुको आयातमा रोक लगाउने ऐनको मस्यौदा तयार पारेको हो ।
विश्व व्यापार संगठन (डब्लुटिओ) ले समेत स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको अवस्थामा कानुन बनाएरै विदेशी वस्तुको आयातमा नियन्त्रण गर्न सकिने सुविधा दिएको नयाँ पत्रिकामा खबर छ । नेपाल डब्लुटिओको एक सय ४७ औ सदस्य राष्ट्र हो ।
डब्लुटिओको सर्त पालन गर्न र स्वदेशी उत्पादनलाई संरक्षण गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘सेफगार्डस्, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ ऐन, ०७१’ तयार गरेको छ । मन्त्रालयका उपसचिव अर्जुन खड्काले ऐन कार्यान्वयनमा आएपछि नेपाली उत्पादनको लागतभन्दा कम मूल्य निर्धारण भएका विदेशी वस्तुको आयातमा नियन्त्रण गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment