Comments Add Comment

राम्रो खेती गर्नेलाई राष्ट्रपति पुरस्कार

goru-jotdai

९ साउन, काठमाडौं । सँधै खेतमा जोतिरहने किसानलाई खुसीको खबर ।
सरकारले प्रोत्साहनस्वरुप उत्कृष्ट खेती गर्ने किसानलाई दुई लाख रुपैयाँसम्मको पुरस्कार दिने भएको छ । कृषि प्रधान देशका युवाहरु दिनानुदिन बिदेसिन थालेपछि राज्यले यस्तो अवधारणा अघि सारेको हो ।
राम्रोसँग खेती गर्ने किसानलाई विभिन्न चरणमा वर्गीकरण गरी यस्तो पुरस्कार दिइन लागिएको हो । सरकारले उनीहरुलाई यसै आर्थिक वर्षदेखि ‘राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार’ले सम्मान गर्न लागेको अन्नपूर्ण पोस्टमा खबर छ ।
कृषि विकास मन्त्रालयका अनुसार कृषिकर्मलाई सम्मान गरेर निरन्तर रुपमा सक्रिय भएका किसानलाई हौसला प्रदान गर्न यो पुरस्कार दिन लागिएको हो ।
मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुइँटेलका अनुसार सरकारले प्रत्येक पाँच वर्षमा एक पटक राष्ट्रपतिकै हातबाट नगदसहित सम्मानपत्र किसानलाई उपलब्ध गराउनेछ । यो पुरस्कार योजनालाई मूर्तरुप दिन मन्त्रालयले राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधिसमेत तयार पारेर स्वीकृत गरिसकेको छ ।
‘पुरस्कार पाएपछि किसानको हौसला मात्रै बढ्ने होइन, कृषिलाई हेलाका दृष्टिले हेर्ने अन्यलाई पनि यो पेसामा लाग्न प्रोत्साहन गर्नेछ,’ सहप्रवक्ता लुइँटेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment