Comments Add Comment

असल ऋणीलाई ग्रिन कार्ड

९ साउन, तनहुँ । कृषि विकास बैँक दमौली शाखाले आव २०७०/०७१ मा तनहुँका १ सय ९९ जना असल ऋणीलाई गि्रन कार्ड वितरण गरेको छ ।
आर्थिक अनुशासन भएका र परियोजना राम्रो सञ्चालन गरेका किसानलाई सो गि्रन कार्ड वितरण गरिएको कृषि विकास बैँक दमौली शाखाका प्रबन्धक रामकृष्ण थापाले जानकारी दिए । गि्रन कार्ड पाएका किसानलाई ब्याजमा एक प्रतिशत सहुलियत दिने व्यवस्था छ ।
दुई वर्षसम्म निरन्तर मासिक ब्याज बुझाएका, परियोजना नियमित सञ्चालन गरेका, भाखा ननाघेका किसानलाई गि्रन कार्ड दिने गरिएको उनले बताए । अघिल्लो आर्थिक वर्षमा १ सय ७५ जना किसानले गि्रन कार्ड पाएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment