Comments Add Comment

अस्पताल जान गर्भवतीलाई निःशुल्क एम्बुलेन्स

९ साउन, चितवन । चितवनको बछौलीमा रहेको झुवानी सामुदायिक पुस्तकालयले गाविसमा रहेका गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने गरेको छ ।Ambulance
गर्भवतीहरु शतप्रतिशत अस्पतालमा सुत्केरी होस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष केशवराज आचार्यले जानकारी दिए ।
यो अभियान चलाएसँगै घरमा सुत्केरी गराउने महिला नभेटिएको बताए । कतिपय पैसाको अभावमा छटपटाइरहेका हुन सक्छन्, यस्तो जानकारी आएमा तुरुन्तै एम्बुलेन्स पठाएर उद्धार गर्ने गरिएको आचार्यले बताए । उपचारको अभावमा चितवनकै धेरै क्षेत्रमा अझै पनि गर्भवती महिलाको अकालमै ज्यान जाने गरेको छ । यस्तो समयमा पुस्तकालयले सराहनीय कार्य गरेको भन्दै स्थानीयले प्रशंसा गरेका छन् ।
यो वर्षबाट पुस्तकालयले गर्भवती महिलालाई घरघरमै पुगेर पहिचान गर्ने र उनीहरुको स्वास्थ्य अवस्था पत्ता लगाउने र यदि स्वास्थ्य प्रतिकूल भए तत्कालै अस्पताल लैजान सहयोग गर्ने गरेको स्थानीयले बताएका छन् ।
नेपाल सरकारले अस्पतालमा सुत्केरी गराउँदा महिलालाई भत्तासमेत दिने गरे पनि गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण नगराउने र सुत्केरी गराउन कर्म मात्र अस्पताल जाने गरेका छन् । यस्तो बेला बछौलीमा भएको यो अभियानले एउटा नयाँ सन्देश दिएको स्वास्थ्य स्वयम्सेविका अर्चना दवाडीले बताइन ।
सामुदायिक पुस्तकालयले समाजमा समेत विभिन्न कार्यक्रम सञ्चालन गरेर नमुना काम गरेको भन्दै अन्तर्राष्ट्रियस्तरको ‘पिपुल च्वाइस अवार्ड’ समेत जित्न सफल भएको छ ।
पुस्तकालयले निःशुल्क स्वास्थ्य परीक्षण, सामाजिक शिक्षा तथा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment