Comments Add Comment

बालुवाटारमा प्रधानमन्त्री कोइरालाको व्यस्तता बढ्यो

९ साउन, काठमाडौं । अमेरिकामा क्यान्सरको उपचार गराएर फर्किएपछि बालुवाटारबाट बाहिर ननिस्किएका प्रधानमन्त्री सुशील कोइराला शुक्रबार पनि दिनभर बालुवाटारमै व्यस्त हुने भएका छन् । प्रधानमन्त्री बिहानैदेखि बिभिन्न छलफल र बैठकमा व्यस्त छन् ।sushil koirala

प्रधानमन्त्रीले शुक्रबार बिहानै भारतीय राजदूत रन्जित रेसँग आजै साँझदेखि हुने भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका बारेमा छलफल गरे । त्यसलगत्तै मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवासमै बसेको छ । विहीबार स्थगित भएको नियमित बैठक शुक्रबार बिहान बसेको हो ।

मन्त्रिपरिषद बैठकमा भारतीय विदेशमन्त्रीको भ्रमण तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणका विषयमा छलफल भएको छ । लामो समयपछि हुन लागेको नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय बैठकका एजेण्डामा बैठक केन्दि्रत भएको बताइएको छ ।

तीन दलको बैठक मन्त्रिपरिषद बैठकलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमै तीन प्रमुख दलका शीर्षनेताहरुको बैठक डाकिएको छ बैठकमा कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुलाई डाकिएको छ । नेपाल-भारत जलविद्युत सम्झौतामा सहमति जुटाउन तीन दलको बैठक आह्वान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment