Comments Add Comment

आर्थिक सम्बन्ध विस्तारमा कोरियन राजदूतको जोड

९ साउन, काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका नव-नियुक्त राजदूत चो योङ्ग-जीनले आफ्नो दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध थप सुदृढ गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेसँगको भेटवार्तामा Fncciचोले उक्त प्रतिवद्धता जाहेर गरेका हुन् ।

भेटवार्तामा राजदूत चोले नेपालमा भएको लगानीको सम्भाव्यताका बारेमा दक्षिण कोरियाली लगानीकर्तामाझ जानकारी गराइदिने विश्वास समेत दिलाएका छन् । उनले दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको ४०औं वर्षगाँठको उपलक्ष्यमा आर्थिक व्यापारिक सम्बन्ध अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्ने महासंघ अध्यक्ष पाण्डेलाई जानकारी गराए ।

सो अवसरमा अध्यक्ष पाण्डेले नेपालको जलविद्युत, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रहरुमा कोरियन लगानी भित्राउन सहयोग गर्न राजदूतसमक्ष आग्रह गरे । उनले दुई देशबीचको सम्बन्ध थप मजबुत र सुदृढ पार्न दुबै देशका निजी क्षेत्रबीच निरन्तर छलफल र भेटघाट हुनेपर्नेमा जोड दिएका छन् । यसका लागि महासंघ तयार रहेको पनि उनले राजदूतलाई जानकारी गराए ।

महासंघका महानिर्देशक डा. हेमन्त दवाडीको समेत उपस्थिती रहेको भेटवार्तामा पाण्डेले नेपालमा लगानीको वातावरणमा सुधार हुँदै आएको र केही वर्षयता निजी क्षेत्रको आत्मवल समेत बढ्दै गइरहेको स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment