Comments Add Comment

कतार कर्पोरेट इन्डोर क्रिकेट बुधबारदेखि, १२ कर्पोरेट हाउस सहभागी हुँदै

९ साउन, काठमाडौं । रेड चेरी स्पोर्टस् म्यानेजमेन्टको आयोजना र कतार एयरवेजको प्रायेजनमा ‘कतार एयरवेज कर्पोरेट इन्डोर एट्स’ प्रतियोगिता आयोजना हुने भएको छ ।

Quater-Corporate-Indore-Cricketनेपालमै पहिलो पटक इन्डोरमा खेलाइन लागिएको कर्पोरेट क्रिकेट प्रतियोगिता अरु सामान्य रुपमा खेलिने क्रिकेटभन्दा भिन्न रहेको आयोजकले जनाएको छ । यो खेलमा ८ खेलाडीहरु मात्र    सहभागि हुन पाउने छन् । कर्पोरेट कल्चरमा आधारित भई खेल खेलाउनुपर्ने भएकाले यसमा अन्तराष्ट्रिय ईनडोर क्रिकेट मापदण्ड भन्दा केही सामान्य नियमहरु परिवर्तन हुने बताइएको छ ।

जुलाई ३० देखि अगष्ट २ तारिखसम्म चल्ने यो प्रतियोगिता गल्फुटारस्थित रोयल इन्डोर क्रिकेट हलमा खेलाइने छ । दुई समुहमा विभाजित १२ कर्पोरेट हाउसहरु सहभागि हुने यो खेल लिग र नकआउट दुबै तरिकाले खेलाइने भएको छ । यो प्रतियोगितामा डाबर नेपाल र र्‍याडिसन होटलको सहप्रायोजन र म्याक्स मिडिया प्रवर्धनात्मक पार्टनर रहेका छन् ।

कर्पोरेट हाउसहरु कतार एयरवेज, र्‍याडिसन होटल, म्याक्स मिडिया, एनसेल, सिभिल बैंक, जनता बैंक, एपेक्स डेभलपमेन्ट बैंक, यति होलिडेज, नेपाल स्पोर्टस् जर्नालिष्ट फोरम, लास्ट डोर सोलुसन, र युनिसेफले सहभागि जनाउने छन् ।

कर्पोरेट कर्मचारीहरुको एकनासको जीवनमा केही उत्साह थप्ने र क्रिकेटसम्बन्धि आफ्नो दक्षता देखाउने उदेश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले बताएको छ । ‘रेड चेरिले’ यो प्रतियोगितामार्फत सबै कर्पोरेट हाउसहरुलाई एउटै मञ्चमा ल्याई सम्बन्ध बिस्तार गर्ने आधार बनाउने कोसिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment