Comments Add Comment

विद्युत व्यापार सम्झौताको विरोधमा ३३ दलले प्रदर्शन गर्ने

९ असार, काठमाडौं । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले भारतद्वारा प्रस्तावित विद्युत व्यापार र सीमा सम्झौताको विरोधमा प्रदर्शन गर्दैछ ।

३३ दलले भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आउनुअघि अपराहृन ४ बजे रत्नपार्क शान्तिबाटिकामा विरोध प्रदर्शन गर्न लागेका हुन् । प्रस्तावित सम्झौता नेपाली राष्ट्रियतामाथि ठाडो हस्तक्षेप भएको भन्दै ३३ दलले आज र भोलि प्रदर्शनको कार्यक्रम राखेका छन् ।

माओवादीसहितको ३३ दलले जलविद्युतसहितका विषयमा सहमति गर्नु पूर्व राष्ट्रिय सहमति जुटाउन समेत सरकारलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment