Comments Add Comment

श्रीमतीलाई देहव्यापारमा लगाउनेलाई ११ वर्ष कैद

९ साउन, भक्तपुर । बिहेपछि सुन्दर जीवन जिउने सपना बुनेकी श्रीमतीलाई जबर्जस्ती देहव्यापारमा लगाउने श्रीमान्लाई भक्तपुर जिल्ला अदालतले ११ वर्षको कैद सजाय सुनाएको छ ।
mahila hinsaसिन्धुपाल्चोक साम्पालकोट-३ घर भई काठमाडौं लैनचौर बस्ने ३५ वर्षका दीपक पण्डितलाई जिल्ला अदालतका न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले ११ वर्ष कैद, ५५ हजार रुपैयाँ जरिवाना र त्यसमा थप ५० प्रतिशत क्षतिपूर्तिसहितको फैसला सुनाएको हो ।
विसं २०५५ मा मागी विवाह गरेर एक छोरा र एक छोरीको आमा २७ वर्षकी शर्मिला (नाम परिवर्तन) लाई विभिन्न स्थानमा लगेर शारीरिक तथा मानसिक यातना दिँदै जबर्जस्ती यौन धन्धामा लगाएको पुष्टि भएको अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिए ।
गाउँमा दुःख पाइयो भन्दै श्रीमान्ले २०६२ सालमा ४ वर्षको छोरासँगै भक्तपुरको बालकोट ल्याएका शर्मिलालाई कोठामा आएपछि जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएका थिए ।
पीडित शर्मिलाका अनुसार आफू कोठाबाहिर बसेर मद्येसी मूलका व्यक्तिहरुसँग पैसा लिएर कोठाभित्र पठाएर जबर्जस्ती यौन धन्धा गराउने गर्दथे । मदिरा र जुवातासको लत लागेका श्रीमान्लाई आफू ज्यामी काम गरेरै भए पनि परिवार पाल्छुभन्दा नमानी पटकपटक बच्चा भएकै बेलामा समेत कोठामा ग्राहक खोजेर पठाउने गरेका थिए ।
उनका अनुसार आफ्नो इच्छाविपरीत अरूसँग यौन सम्बन्ध राख्न नमानेपछि कुट्ने, चुरोट र मैनबत्तीले शरीरका विभिन्न अङ्गमा पटक-पटक पोलिदिने, हँसियाले खुट्टामा काटिदिनेजस्ता यातना दिएर यौन सम्बन्ध राख्न बाध्य पार्ने गरेका थिए ।
श्रीमान् नभएको बेलामा कोठा सरेर सामाखुसी पुगेकी शर्मिलाको सो स्थानसमेत पत्ता लगाएपछि दीपकले शर्मिलालाई ठमेलस्थित बेसी क्याम्प गेस्ट हाउसमा लगेर १० हजार रुपैयाँमा ६ महिनासम्म वेश्यावृत्ति गर्न लगाएका थिए ।
छ महिनापछि आफैंले शर्मिलाको नाममा ठिमीस्थित कृषि विकास बैंकबाट ऋण लिएर ठमेलमै ओम युनिक बडी केयर मसाज सेन्टर खोलेर जबर्जस्ती वेश्यावृत्ति गर्न लगाई दैनिक दुई हजार ७ सय भन्दा बढी कमाउन बाध्य पारेको अनुसन्धानबाट खुलेको थियो ।
पाँच सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म लिएर वेश्यावृत्तिमा लगाई शारीरिक र मानसिक यातना दिने क्रम नरोकिएपछि शर्मिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि महानगरीय प्रहरी परिसर भक्तपुरले दीपकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।
अदालतमा पीडक दीपकले रक्सी खाने तथा जुवातास खेल्ने बानीले श्रीमतीलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको, शारीरिक तथा मानसिक यातना दिएको स्वीकारेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment