Comments Add Comment

सिलाइकटाइ व्यवसायमा रमाउँदै पूर्वकमलरी

निमुसंगम घर्ती

९ साउन, दाङ । दाङ गढवा-३ परनाह गौरीकी २५ बर्षीया पूर्व कमलरी पुष्पा चौधरी हिजोआज सिलाइकटाइमा व्यस्त छिन् । चौधरीले एक वर्षअघि गढवा बजारमा खोलेकी हुन् सिलाइकटाइको पसल । ९ वर्षको उमेरमा कमलरी बसेर चार वर्ष दुखमा विताएकी पुष्पाले अहिले भने आफ्नै सिलाइकटाइको काममा व्यस्त छिन् । एक बर्षअघि सिलाइकटाइको व्यवसायमा लागेकी पुष्पालाई अहिले भने भ्याइ नभ्याई छ ।silaikatai-1

व्यवसाय सञ्चालनसँगै पुष्पा गाउँकै उच्च माविमा १२ कक्षा पढिरहेकी पनि छिन् । पसलमा कामको चाप भएकाले नियमित कक्षा लिन पुष्पालाई निकै गाह्रो भइरहेको छ हिजोआज । उनले दर्जन बढी महिलालाई सिलाइकटाइ प्रशिक्षण दिएर सिपालु बनाएकी छिन् । ‘पहिले जमाना नै त्यस्तै थियो ‘ भन्ने ठानेर कमलरी बसेकी पुष्पा अहिले ती दिनहरु सम्झदा निकै दुखित हुन्छिन् ।

‘कमलरी बसेका बेला पढ्न पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्थ्यो, उनले भनिन्,’घरमा आर्थिक अबस्था कमजोर छ भनेर कमलरी बसियो । अहिले आफै कमाइ गरिरहेकी छु । अर्काको घरमा काम गर्न जानुपरेको छैन ।’ उनले दैनिक खर्च कटाएर २ सय बढी कमाइ गर्ने गरेकी छिन् ।

यस्तै बेला-१ मटेरियाकी हिरा चौधरी बाआमासँग रमाउने दश बर्षको उमेरमा घरभन्दा निकै टाढाको अर्को उपत्यका घोराही पुगिन् । किन घर छोड्दै गरेको भन्ने कुरा राम्ररी थाहा नपाउँदै उनी राम्रो खाने र लाउने लालशामा अर्काको घरमा काम गर्न पुगिन् । आर्थिक अभावकै कारण कमलरी बसेको थाहा पाएकी हिराले आठ बर्षमा जीवन परिवर्तन गरेकी छिन् । अहिले उनी सिलाइकटाइकी प्रशिक्षक छिन् । गाविसभर सिलाइकटाइ सिकाएर गृहिणी महिलाहरुलाई आत्मनिर्भर बनाउने काम गरिरहेकी छिन् । उनले हालसम्म २५ जनालाई तालिम दिइसकेकी छिन् ।silaikatai-2

दुई बर्षको कठिन कमलरी जीवन बिताएपछि २०६३ सालमा मुक्त भएकी उनले त्यस लगत्तै नौ महिनाको बि्रज कोर्ष पढिन् र पाँच कक्षामा भर्ना भइन् । आठ कक्षासम्म पढेकी हीरा पढिसकेर जागिर पाउन समय लाग्ने बुझेपछि बिचमै पढाइ छोडेर सिलाइकटाइ पेशामा लागिन् । नेपाल युथ फाउन्डेशनले दिएको ६ महिने सिलाइकटाइ तालिम लिएपछि उनको जीवनले अर्को मोड लियो । उनले २०७० भदौदेखि मटेरियामा सिलाइकटाइ पसल खोलेकी छिन् । उनले कपडा सिलाउने र तालिम दिने दुवैखालका कामहरु गरिरहेकी छिन् ।

‘सुरुमा आफ्नै दुई जना साथीहरुलाई बोलाएर सिकाएँ । उनीहरुले सिकेपछि उत्साहित भए र अन्य साथीहरुलाई बोलाए, हिराले भनिन्,’ हिजोआज दैनिक ११ जनाले सिक्छन् । सिलाउने र सिकाउने काम भ्याइनभ्याइ छ ।’ उनले सिकाएको प्रतिव्यक्ति मासिक ५ सय रुपैयाँ शुल्क लिन्छिन् । सर्टपाइन्ट सिलाएको ५ सय रुपैयाँ लिन्छिन् । मासिक सरदर १० हजार रुपैयाँ कमाइ हुने गरेको उनले बताइन् ।

हिरा मात्रै होइन मुक्तीपछिका दिनहरु उपलब्धीमुलक बनाउने कमलरीहरुको संख्या हरेक दिन थपिदै गएको छ । तुलसीपुर-८ दुधेनाकी २५ बर्षीया लक्ष्मी चौधरी १४ बर्षअघि मासिक ३ सय रुपैयाँ पाउने शर्तमा तुलसीपुर बेलुवामा कमलरी बसेकी थिइन् । तर कमलरी मुक्त भएपछि अहिले उनी विहानदेखि बेलुकासम्म कपडा सिलाएर दैनिक एक हजार रुपैयाँ कमाउँछिन् । कुनै दिन पाल्न गाह्रो भयो भनेर बाआमाले कमलरी पठाएका हिरा, पुष्पा र लक्ष्मी अहिले सिलाइकटाइ व्यवसायबाट परिवारको साहारा बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment