Comments Add Comment

सलमानको ‘किक’का कारण छैनन् नेपाली सिनेमा, रेकर्डका लागि ३६ करोड

salman-khan-and-jaclin
बलिउडका दबंग खान सलमानको नयाँ चलचित्र ‘किक’ आजबाट नेपाल, भारत लगायतका ४६ देशमा प्रदर्शनमा आएको छ । सलमानको यो चलचित्रले बक्स अफिसमा धमाल मच्चाउने विश्वास गरिएको छ । तर सलमान खानलाई रेकर्ड तोड्नका लागि पहिलो दिनमै ‘धुम ३ ‘ ले बनाएको ३६ करोडको व्यापारलाई उछिन्नु पर्ने हुन्छ । भारतका ४४ सय र ओभरसिजमा ७०० वटा हलमा यो सिनेमा चलेको छ ।

सिनेमाले बक्स अफिसमा रेकर्ड कायम गर्न साहरुख खानको ‘चेन्नइ एक्सप्रेस’ र आमिर खानको ‘धुम ३’ को रेकर्डलाई तोड्नु पर्ने हुन्छ । यी दुई सिनेमाले क्रमश २२६ र २८६ करोडको व्यापार गरेका थिए । यसअघि ‘जय हो’ नामक सिनेमाबाट पनि खासै चर्चा बटुल्न नसकेका कारण पनि सलमान खानको यो सिनेमा चल्नु जरुरी छ ।

सलमानको यो सिनेमा प्रदर्शनमा आएका कारण दुई साता नेपाली बजारमा कुनै पनि नेपाली सिनेमा प्रदर्शनमा आउने छैनन् । आज विराज भट्टले अभिनय गरेको ‘ज्वाला’ सिनेमा हलमा लगाइएको छ । यो भोजपुरी र नेपाली भाषामा बनेको सिनेमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment