Comments Add Comment

पाँचथर सदरमुकाममा अपराध रोक्न सिसी क्यामेरा

कृष्ण ओझा

९ साउन, पाँचथर । आपराधिक क्रियाकलाप नियन्त्रण गर्न पाँचथर सदरमुकाम फिदिम बजारमा शुक्रबारबाट सिसी क्यामेरा जडान गर्न थालिएको छ । बजारक्षेत्रमा चोरीसहितका अन्य आपराधिक क्रियाकलाप बढेपछि बजारमा सिसी क्यामेरा जडान गरिएको हो ।जिल्ला विकास समिति, नगरपालिका, वित्तीय संस्था र सर्वसाधरणको आर्थिक सहयोग र पाँचथर उद्योग बाणिज्य संघको समन्वयमा क्यामेरा जडान गरिएको हो ।cc-camera-jadan

पहिलो चरणमा बजारका मूख्य स्थानमा आठओटा क्यामेरा जडान गरिएको छ । प्लानेट टेक्नोलोजी सेल्स काठमाडौंले सिसी क्यामेरा जडान गरिरहेको छ । सात लाख ६० हजार ६ सय ७५ रुपैयाँको खर्चेर आठओटा क्यामरा जडान गरिएको पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्लले बताए । क्यामेरा जडानका लागि करिब एक लाख रुपैयाँको दुई हजार मिटर तार सिआईएस नेट सञ्चारका सञ्चालक बसन्त रिजालले निशूल्क उपलब्ध गराए ।

पहिलो चरणमा गणतन्त्र चौक, अस्थायी बसपार्क, लोकतन्त्र चौक र बैंकनजिक क्यामरा जडान गरिने काफ्लेको भनाइ छ । हप्तादिनभित्र सबै क्यामेरा राखिसकिने बताइएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले क्यामेरा जडानको उद्घाटन गरे । बजारका सबै गतिविधि जिल्ला प्रहरी कार्यालयमा देखिने गरी क्यामरा राखिएकाले आपराधिक गतिविधि नियन्त्रण नर्ग सहज हुने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दीपक पोख्रेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment