Comments Add Comment

महाधिवेशनको विवाद बिर्सन माधव नेपालको आग्रह

९ साउन, काठमाडौं । एमाले नेता माधवकुमार नेपालले महाधिवेशन अघिका गुट र विभाजनका कुरा भुलेर पार्टी कार्यकर्ताको ध्यान पार्टीको आन्तरिक एकता र स्थानीय चुनावमा केन्दि्रत हुनुपर्ने बताएका हुन् ।

नेता नेपाललाई भेट्न शुक्रबार कोटेश्वरस्थित निवासमा पुगेका धौलागिरी, राप्ती, पेशागत क्षेत्र र कर्णालीका कार्यकर्तालाई निर्देशन दिँदै उनलेे महाधिवेशनको प्रतिस्पर्धालाई स्वाभाविक मान्न आग्रह गरे ।

‘महाधिवेशनमा भएको प्रतिस्पर्धा स्वभाविक थियो, पार्टीको आवश्यकता र योग्यताका आधारमा जिम्मेवारी लिनुपर्छ’, नेता नेपालले भने, ‘महाधिवेशनमा देखिएको विभाजन मेट्न अघि बढ्नोस् ।’

कार्यकर्तासँग नेता नेपालले भने- ‘जनतासँग असल सम्बन्ध बनाउँदै निकट भविष्यमा हुने स्थानीय निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन लाग्नोस ।’

पार्टीले दस्तावेजमै आर्थिक क्रान्तिलाई समेटेकाले सोहीअनुसार पार्टीपंक्ति परिचालित हुनुपर्ने नेता नेपालको जोड थियो । उत्पादनका कार्यसँग पार्टी कार्यकर्तालाई जोड्न विशेष योजनासहित अघि बढ्न उनले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment