Comments Add Comment

स्कुल बस दुर्घटना, २८ घाइते

९ साउन, काठमाडौं । भक्तपुरको नगरकोटबाट काठमाण्डौ आउँदै गरेको स्कुल बस भक्तपुरको रातापाटी नजिकै दुर्घटना भएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् ।

बा १ ख ६७४६ जनमैत्री कलेज कुलेशवरको बस दुर्घटना हुँदा २५ विद्यार्थी, २ जना शिक्षक र एक सहचालक घाइते भएका हुन् । घाईते मध्ये ६ जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ भने २२ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment