Comments Add Comment

मोदीको भ्रमणलाई विवादास्पद बनाउन हुँदैन : थापा

९ साउन, भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई विवादास्पद बनाउन नहुने वताएका छन् ।Kamal-Thapa थापाले लामो समयपछि भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउन लागेका मोदीको भ्रमणलाई विवादित बनाउन नहुनेमा बताएका हुन् ।

भक्तपुरको रफत सञ्चार क्लवमा शुक्रबार आयोजित कार्यक्रममा उनले मोदीको भ्रमणलाई लिएर नेपालको राजनीति दुई धारमा विभाजित भएको भन्दै भ्रमणलाई विवादास्पद बनाउन नहुनेमा जोड दिए ।

थापाले नेपालमा हुन लागेको भारतीय परराष्ट्रमन्त्रीको भ्रमणबाट नेपालले लाभ लिन सक्ने भएकाले त्यसतर्फ अग्रसर हुनु पर्नेमा दिए । परराष्ट्र नीतिमा समेत तीन दलको सिण्डिकेट लागू गरिए त्यो देशका लागि घातक हुने उनको भनाई थियो ।

थापाले ठूला तीन दलले निषेधको राजनीति गर्दा मुलुकमा समस्या पैदा भइरहेको आरोप लगाए । राप्रपा नेपाललाई बाइपास गरेर बनाएको संविधान जनतालाई स्वीकार्य नभएको बताउँदै थापाले सनातन हिन्दु राष्ट्रको अस्तित्वलाई नामेट गरेर धर्म निरपेक्ष घोषणा, राजतन्त्र घोषणा गर्ने विषयमा जनताको प्रत्यक्ष अभिमत नरहेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment