Comments Add Comment

प्रमका आर्थिक सल्लाहकारले भने- मोदीको भ्रमणमै विद्युत व्यापार सम्झौता हुन्छ

९ साउन, काठमाडौं । अर्थविद्धहरुले खुल्ला सीमा रहेको उदयमान अर्थतन्त्र भारतसँग हालेमालो गर्दै नेपालले विकासको बाटो खोल्नुपर्नेमा जोड दिएका छन ।

रिपोर्टर्स क्लबले शुक्रबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा अर्थविद् डा. चिरञ्जिवी नेपालले भारत विश्वकै उदयमान अर्थतन्त्र भएकोले सहकार्य गर्दै आफ्नो विकासको ढोका खोल्नु पर्ने बताए । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार समेत रहेका उनले Chiranjibi-Nepalभारतको नेपालमा ठूलो आर्थिक लगानी भएको, ४ खर्बभन्दा बढी ब्यापार घाटा भएकोले पनि भारतसँग साझेदारी गर्न आवश्यक रहेकोमा जोड दिए ।

नेपालको ब्यापार घाटा कम गर्न जलविद्युतको विकास र ब्यापार बाहेक अर्को विकल्प नभएकोले सम्झौता गर्न जरुरी रहेको पनि उनको तर्क थियो । नेपालले भने- ब्यापार घाटा घटाउन निकासी बढाउनुपर्छ, नेपालसँग जलविद्युतको निकासीको प्रवल सम्भावना छ त्यसले विद्युत ब्यापार सम्झौतामा हस्ताक्षर गरेर जलविदुतको विकास गर्न आवश्यक छ ।

नेपालको विकासको सम्भावना रहेका सबै क्षेत्रहरुको स्पष्ट मार्ग चित्र तयार पारेर नेपालले भारतसँग प्रस्तुत हुनुपर्ने धारणा राख्दै नेपालले भारतीय प्रधानमन्त्रीको भ्रमणकै समयमा जलविद्युत सम्झौता हुने विश्वास ब्यक्त गरे ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले लोडसेडिङको कारण नेपालको अर्थतन्त्र दयनीय बन्दै गईरहेको उल्लेख गर्दै विद्युत विकासको लागि भारतसँग सम्झौता गर्न आवश्यक रहेको तर्क गरे । नेपाल भारतवीचको सम्बन्ध अरुसँगको भन्दा फरक र प्रगाढ रहेको उल्लेख गर्दै उनले आ आफ्नो राष्ट्रिय स्वार्थ अनुसारको एजेण्डा तय गरेर सम्भावनका सबै क्षेत्रहरुमा स्पष्ट कुरा गर्नुपर्ने बताए ।

नेपालले विद्युत सम्झौता अरु देशसँग भन्दा पनि भारतसँग नै गर्नुपर्नेमा जोड दिँदै पाण्डेले सम्झौता गर्ने बेलामा विरोध गर्न नहुने बताए । उनले भने- सम्झौता गर्ने विषयमा विवाद गर्नु हुँदैन, गरे हामीलाई नै घाटा हुन्छ । यो उपयूक्त अवसर हो, भारतीय प्रधानमन्त्री आएको वेला उहाँसँग नेपालको विकासको मुल एजेण्डालाई स्पष्टसँग प्रस्ताव गर्न सक्नु पर्छ ।

अर्थविद्ध डा. विश्वम्भर प्याकुरेलले नेपालमा भारतकै ५० प्रतिसत भन्दा बढी लगानी रहेको, ब्यापार घाटा पनि भारतसँगै रहेको, सीमा पनि खुल्ला रहेको र प्रगाढ सास्कृतिक सम्बन्ध समेत गरहेकोले सार्थक वार्ता गरेर ठोस सहमति गर्नु पर्नेमा जोड दिए । उनले देशको हितलाई ध्यानमा राखेर सम्झौता गर्न सुझाव दिँदै भारतले विगतमा गरेको प्रतिबद्धता कार्यान्वयनको विषयलाई पनि उठाउनु पर्ने बताए ।

परराष्ट्रविज्ञ भिम उदासले नेपालले आफ्नो पुरानो राष्ट्रिय स्वार्थमा समयानुकुल परिवर्तन गरेर विश्वासको बातावरण निर्माण गर्दै फाईदा लिन सक्नु पर्ने जिकिर गर्दै नेपालले सबै एजेण्डाहरुलाई स्पष्ट सँग राख्न सक्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment