Comments Add Comment

मस्तिस्क पक्षघात भएका वालवालिकालाई नबिलको सहयोग

Nabil-Bank

९ साउन काठमाडौं । नविल बैंक लिमिटेडले पर्सा जिल्लामा रहेको ‘मस्तिष्क पक्षघात स्वावलम्बन समूह-नेपाल’ लाई दुई लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । मस्तिष्कको पक्षघात भएका बालवालिकाहरु र तिनीहरुका अभिभावकहरुलाई चिकित्सकीय सेवा, परामर्श तथा तालिम कार्यक्रम गर्न सो सहयोग गरेको बैंकले जनाएको छ ।

सो समूहद्धारा आयोजित समारोहमा पहुँच बाहिर रहेकाका लागि पर्सा जिल्लामा हुन गइरहेको उक्त कार्यक्रममा सो कोष उपयोग गर्नेबारे नबिल बैंकको तर्फबाट सहायक महाप्रबन्धक रमेश लोहनी र मस्तिष्क पक्षघात स्वावलम्बन समूह-नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिमल लाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । साथै लोहनीले उक्त रकम बराबरको चेक बिमल लाल श्रेष्ठलाई हस्तान्तरण गरे ।

मस्तिष्क पक्षघात भएको बाल बालिका तथा बयस्कका लागि उचित हेरचाह, सहुलियत र सहयोग पुर्‍याउने उद्देश्यले २८ बर्ष अगाडी मस्तिष्क पक्षघात स्वावलम्बन समूह-नेपाल स्थापित भएको हो ।  यस संस्थाले स्नायु सम्बन्धि संक्रमित बाल बालिका तथा तिनका अभिभावकका लागि पुर्नस्थापना केन्द्र, विशेष शिक्षा कार्यक्रम र पहुञज बाहिर रहेकाका लागि कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

नबिल बैंकको यो सहयोगले संचालनकर्तालाई प्रशिक्षित गर्न र पर्सा जिल्लामा १ बर्षका लागि पहुञज बाहिर रहेकाका मस्तिष्क पक्षघात भएका बाल बालिकाका लागि यस्ता सहयोग कार्यक्रम शुरु तथा संचालन गर्न मद्दत गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment