Comments Add Comment

सुर्खेतमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

कृष्ण आचार्य

९ साउन, सुर्खेत । सुर्खेतमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

कर्णाली राजमार्गको बांगेशीमल बड्डीचौर सडकखण्डको उत्तरगंगा-१ गिरीघाटमा शुक्रवार दिउँसो भे १ त ५७३९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा बिनपा-२ का विजय नेपालीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा विनपा-७ का लक्ष्मण नेपाली, उत्तरगंगा १ का राम बहादुर गैरे, लाटीकोइली १ का तीर्थ नेपाली घाइते भएका छन् । घाइतेको अवस्था समान्य रहेको र उनीहरुको उपचार क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा भइरहेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी हवल्दार प्रविण थापाले बताए ।

बाङगेशीमलबाट ढुंगा लिन गिरीघाट जाँदै गरेको ट्याक्टर ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment