Comments Add Comment

अधिकारी दम्पत्तिलाई बचाउन सक्दैनौं : वीर अस्पताल

९ साउन, काठमाडौं । छोराका हत्यारालाई कारबाही माग गर्दै लामो समयदेखि अनसनरत गोरखाका अधिकारी दम्पत्तिलाई अब बचाउन नसकिने वीर अस्पतालले जनाएको छ ।

छोरा कृष्णप्रसादका हत्यारामाथि कारबाही माग गर्दै बाबु नन्दप्रसाद र आमा गंगामाया २ सय ७३ दिनदेखि अनसनमा छन् ।

शुक्रबार अस्पताल परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले अधिकारी दम्पत्तिको उपचारमा संलग्न चिकित्सकहरुले बचाउन नसक्ने बताइसकेको जानकारी दिए । उनले भने-दुवैजनाका नसा बन्द भइसकेका छन् ।’

आमरण अनसनमा बसेका दम्पत्तिले उपचारका क्रममा चिकित्सकहरुलाई सहयोग नगरेको जनाउँदै निर्देशक सेन्चुरीले औषधी खुवाउँदा जवरजस्ती गर्नुपर्ने बाध्यता रहेको बताए । ‘अनसनरत दम्पत्तिलाई २४ घण्टा कुर्नुपर्ने बाध्यता छ’ सेन्चुरीले भने-‘दुवैजनाको होस रहँदासम्म उपचार गर्न औषधीको पैसा तत्काल उपलव्ध गराउनुपर्ने अवस्था छ ।’

सरकारले उपचार खर्च दिएन

अधिकारी दम्पत्तिको उपचारका लागि अहिलेसम्म वीर अस्पतालले २१ लाख खर्च गरिसकेको छ । सबै उपचार खर्च सरकारले व्यहोर्ने भनेपनि हालसम्म पठाएको छैन ।

अधिकारी दम्पत्ति अनसन बसेयता अस्पतालको बेड चार्ज मात्र ४ लाखँ पुगेको छ । सरकारका अधिकारीहरुका अनुसार उपचार खर्चको फाइल गृहबाट स्वास्थ्य मन्त्रालय हुँदै अर्थमन्त्रालयमा पुगेर अड्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment