Comments Add Comment

जडेजालाई जरिवाना तिराउने आईसीसीको निर्णय

९ साउन, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले इङ्ल्याण्डका तिब्र बलर जेम्स एण्डरसनसँगको विवादमा भारतीय अलराउन्डर क्रिकेटर रबिन्द्र जडेजाको आधा म्याच शुल्क जरिवाना गर्ने निर्णय गरेको छ ।

पहिलो टेष्टको दोस्रो दिन लन्चको समयमा दुई क्रिकेटरबीच मैदान जानासाथ विवाद भएको थियो, जुन टेष्ट बराबरीमा सकिएको छ । जडेजामाथि एन्डरसनतर्फ धम्क्याउने र आक्रमक रुपमा गएको आरोप लागेको थियो ।

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले भने आईसीसीको निर्णयप्रति असन्तुष्टि जनाएको छ । आईसीसीले जडेजामाथि लागेको आरोप प्रमाणित नभएको तर, जडेजाको व्यवहार खेल भावना अनुसार नभएकाले जरिवानाको गरिएको बताएको छ ।

एण्डरसनमाथि जडेजालाई गालीगलोज गरेको र धक्का दिएको आरोप लागेको छ । यसबारे अगष्टमा सुनुवाइ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment